पहिले एमाले र अहिले जनताले स्वीकारेः गणेशमान

कास्की | मंसिर ७, २०७९

पहिले एमाले र अहिले जनताले स्वीकारेः गणेशमान

प्रदेशसभा निर्वाचनतर्फ कास्की ३ को (१) बाट निर्वाचित भएपछि नेकपा एमालेका विजयी उम्मेदवार गणेशमान गुरुङले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । 

 

विजय भएपछि आयोजित ¥यालीपूर्व सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले पहिले नेकपा एमालेले स्वीकारेको र निर्वाचनमा जनताले त्यसलाई अनुमोदन गरेको बताए । 

 

जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका गुरुङले पार्टीले आफुप्रति विश्वास गरेको र त्यसलाई जीतमा बदलेको उल्लेख गरे । ‘पहिले एमालेले विश्वास गरेर टिकट दियो, अहिले जनताले विश्वास गरे’ उनले भने, ‘यो जीत केवल गणेशमान र एमालेकोमात्र हैन यस क्षेत्रमा रहनुभएका सबैको हो ।’
 

 

कुराकानीकाक्रममा गुरुङ्ले यस क्षेत्रको समृद्धि र सम्वद्र्धनमा कटिबद्ध भएर लाग्ने प्रण गरेको बताउँदै भोट दिने जनतालाई पछुतो हुन नदिने धारणा राखे । 
 

 

गुरुङ्ले नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डरीलाई पराजित गरेका हुन् । गुरुङले  १४ हजार ४७३ मतकासाथ विजयी हुँदा भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरेका छन् । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्